सुदूरपश्चिम प्रदेशमा सभामुख पदको लागि आज मतदान

बकैया दर्पण संवाददाता
२९ पुष २०७९, शुक्रबार १०:४३

मकवानपुर । सुदूरपश्चिम प्रदेशमा सभामुख पदको लागि आज चुनाव हुँदैछ । हिजो भएको चुनावमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि आज फेरि मतदान हुन लागेको हो ।

सभामुखका लागि सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीमबहादुर भण्डारी र नेपाली काँग्रेसबाट मानबहादुर रावल उम्मेदवार हुनुहुन्छ । हिजो भण्डारीले २६ र रावलले २३ मत पाउनु भएको थियो ।

५३ सदस्यीय प्रदेश सभामा सभामुख चयनका लागि २७ मत आवश्यक पर्छ । सत्ता पक्षकै एक सांसदको मत बदर भएकाले भण्डारी हिजो सभामुखमा चयन हुन सक्नु भएको थिएन । हिजो कसैको पनि २७ मत नपुगेपछि आज ११ बजे चुनाव हुने भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*