मुख्यमन्त्री जम्मकट्टेलले माघ ३ मा विश्वासको मत लिने

बकैया दर्पण संवाददाता
२७ पुष २०७९, बुधबार १२:२९

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले माघ ३ गते विश्वासको मत लिनु हुने भएको छ ।

सोमबार बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त हुनु भएको जम्मकट्टेलले माघ ३ गते मंगलबार विश्वासको मत लिनु हुने भएको हो । विश्वासको मत लिनेबारे प्रदेश सभामा मुख्यमन्त्री कार्यालयबाट जानकारी आएको र त्यही अनुसारको तयारी गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । जम्मकट्टेललाई नेकपा (एमाले) को २७, नेकपा (माओवादी केन्द्र) को २१, राप्रपाको १३, नेकपा (एकीकृत समाजवादी) को ७ र हाम्रो नेपाली पार्टीको २ गरी जम्मा ७० सांसदले समर्थन गरेका थिए ।

११० सदस्यीय बागमती प्रदेश सभामा ३७ सिट रहेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी र ३ सिट रहेको नपाल मजदुर किसान पार्टी मात्रै प्रतिपक्षमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*