बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठकको निर्णय

बकैया दर्पण संवाददाता
२६ पुष २०७९, मंगलवार १५:४७

मकवानपुर । बागमती प्रदेशको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठक मंगलबार सम्पन्न भएको छ । प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको पहिलो बैठक सम्पन्न भएको हो ।

बैठकले प्रदेश सरकारको प्रवक्ताको जिम्मा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियालाई तोकेको छ ।
त्यस्तै उक्त बैठकले प्रादेशिक संरचना निर्माणका लागि संघीय सरकार समक्ष पठाइएको जग्गा प्राप्ती सम्बन्धी सिफारिसको फलोअप गर्ने निर्णय गरेको छ । उक्त विषयमा थप पहल गर्न प्रदेशको मुख्य सचिव मुकुन्दप्रसाद न्यौपानेलाई जिम्मेवारी दिइएको प्रवक्ता थपलियाले जानकारी दिए ।

त्यसैगरी, बैठकले मुख्यमन्त्री जम्मकट्टेलले गरेको पहिलो निर्णयलाई अघि बढाउने निर्णय गरेको छ । बैठकले प्रदेशको १४ वटा मन्त्रालयलाई घटाउने निर्णय गरेको हो । उक्त विषयमा अध्ययनका लागि मुख्य सचिव न्यौपानेको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरिएको छ । सो कार्यदलले आगामी १५ दिन भित्र प्रतिवेदन तयार पारी पेश गर्न निर्देशन दिइएको छ ।

समितिको सदस्यहरुमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव तथा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका कानुन सचिव लगायत रहने गरी तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*