बागमती प्रदेशमा थपलिया र थापा मन्त्री बन्दै

बकैया दर्पण संवाददाता
२६ पुष २०७९, मंगलवार १०:०७

मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा एमालेबाट एकरएक जना मन्त्री बन्ने भएका छन् । राप्रपाबाट उद्धप थापा र एमालेबाट जगन्नाथ थपलिया आज मन्त्री बन्ने हुनुभएको हो ।

मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारमा उनीहरुलाई पठाउने निर्णय भएको हो । यद्यपि उनीहरुलाई मन्त्रिपरिषदमा विभागीय जिम्मेवारी भने तत्काल नदिइ सबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैले सम्हाल्ने मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय स्रोतले जनाएको छ ।

दुवै जना मन्त्रीले मंगलबार नै शपथ लिने कार्यसूची रहेको छ । थपलियाले प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री दावी गरिरहेका छन् भने थापाले भौतिक पुर्वाधार विकास मन्त्रालाय जाने आकांक्षा राखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*