बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्मकट्टेल

बकैया दर्पण संवाददाता
२५ पुष २०७९, सोमबार १७:२१

मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधार २ बमोजिम जम्मकट्टेललाई प्रदेशसभाको बहुमतसहितको समर्थन प्राप्त भएअनुसार, प्रदेशको मुख्यमन्त्री पदमा आज नियुक्त गरेका छन् ।

नेता जम्मकट्टेललाई सत्ता गठबन्धनको साथै नेकपा एकीकृत समाजवादी र हाम्रो पार्टी नेपालसहित ७० जना प्रदेशसभाका सदस्यहरुको हस्ताक्षरसहित आएको सिफारिसलाई प्रदेश प्रमुखले शर्माले आजै नियुक्त गरेका हुन् ।

नवनियुक्त मुख्यमन्त्री जम्मकट्टेल गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनबाट धादिङ प्रतिनिधिसभा क्षेत्र १ (क) बाट प्रत्यक्षतर्फ निर्वाचित भएका हुन । नवनियुक्त मुख्यमन्त्री जम्मकट्टेललाई नेकपा एमालेकाको २७, नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ जनाले समर्थन गरे ।

४९ वर्षीय जम्मकट्टेल प्रदेशको सरकारका गठनको दोस्रो कार्यकालको पहिलो र हालसम्मको चौथो मुख्यमन्त्रीको रुपमा नियुक्त हुन् । यसअघि पहिलो कार्यकालमा २०७४ माघको तेस्रो हप्तामा बागमती प्रदेशको पहिलो मुख्यमन्त्रीमा नेकपा एमालेका डोरमणि पौडेल, दोस्रोमा अष्टलक्ष्मी शाक्य र तेस्रो मुख्यमन्त्रीमा राजेन्द्रप्रसाद पाण्डे नियुक्त भएका थिए । तत्कालिन मुख्यमन्त्री शाक्यले २०७८ साल कात्तिक १० गते पदबाट राजीनामा दिएपश्चात राजेन्द्र प्रसाद पाण्डे २०७८ कात्तिक ११ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।

बागमती प्रदेशसभामा हाल नेपाली कांग्रेसका ३७ जना, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का ३ जनासहित ११० जना सांसदहरु छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*