शिक्षक सङ्घ बकैया अध्यक्षमा कुमार स्याङ्वो निर्विरोध निर्वाचित

बकैया दर्पण संवाददाता
२४ पुष २०७९, आईतवार ११:४५

मकवानपुर । नेपाल शिक्षक सङ्घको बकैया गाउँपालिका अध्यक्षमा कुमार स्याङ्वो निर्विरोध निर्वाचित हुनुभएको छ ।

शनिबार बकैया ३ मा रहेको बुद्ध मावी हात्तिसुडेँमा भएको अधिबेशनले कुमार स्याङ्वोलाई अध्यक्षमा चयन गरेको हो । यस्तै, कार्यसमिति उपाध्यक्षमा इशुचन्द्र घलान, महिला उपाध्यक्षमा भगवति थिङ र सचिवमा सुनिल खनाललाई सर्वसम्मत निर्वाचित गरेको छ । कार्यसमिति सदस्यहरुपछि मनोनित गर्ने गरी अधिबेशन सम्पन्न भएको सचिव खनालले जानकारी दिनुभयो ।

नेपाल शिक्षक सङघ, मकवानपुर अध्यक्ष रामकुमार अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस बकैया सभापति दिल बहादुर भोम्जन, बकैया ११ का वडा अध्यक्ष गोपाल न्यासुर, बकैया ५ का वडा अध्यक्ष लक्ष्मी जिम्बा, बकैया ९ का वडा अध्यक्ष टङ्कध्वज लोप्चन, बद्री पाण्डेलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम नेपाल शिक्षक सङ्घ बकैयाका अध्यक्ष धन बहादुर बलको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*