बकैया ४ सानोथलीमा आगलागीबाट साढे ५ लाखको क्षति

बकैया दर्पण संवाददाता
२४ पुष २०७९, आईतवार ११:१३

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ सानोथलीमा आगलागी हुँदा साढे ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । शनिबार बिहान साढे १० बजेको समयमा बिर बहादुर थिङको घर नजिकै टासिएको खरले छाएको ट्वाईलेटको छानोमा निजकै ५/६ वर्षको छोरा छोरीहरुले लाईटर बाली खेल्ने क्रममा छानोमा आगो लागेको थियो ।

उक्त आगोले ट्वाईलेटसँगै टासिएको खरको छानो भएको १ तले कच्ची घर पुर्ण रुपमा जलि नष्ट भएको छ । आगोबाट घरभित्र रहेको अन्नपात भाडाबर्तन लत्ताकपडा र घरमा बाधेको चौपया एउटा बाख्रा १ र १० वटा कुखुरा नष्ट भएको छ । लोमन्टी आवास निर्माण संस्थाले सोही एरियामा रहेको गरिब बिपन्न वर्गहरुलाई सहुलियत बापत घर निर्माण गर्नको लागि सोही घर भित्र राखेको आवश्यक सामग्रीहरु समेत जलि पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । ५ लाख ५१ हजार ५ सय ६० रुपैयाँ बराबरको क्षति भएको प्रहरीले उल्लेख गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*