गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी

बकैया दर्पण : मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी भएको छ । ७ नम्बर बाहिनी चनवनबाट तालिमको लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको नेपाली सेनाको बा १ ग ३४३६ नम्बरको ट्रकमा आज मध्यान्ह आगलागी भएको...

बागमती प्रदेशमा मुख्यमन्त्रीको संयोजकत्वमा संविधान दिवस मनाउने तयारी

बकैया दर्पण : बागमती प्रदेश सरकारले संविधान दिवस (राष्ट्रिय दिवस) २०८१ विविध कार्यक्रम आयोजना गरी मनाउने तयारी गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हेटौँडामा आयोजना गरेको छलफल कार्यक्रममा बागमती प्रदेशस्तरमा विविध कार्यक्रम गरी संविधान दिवस मनाउन तयारीमा...

हेटौंडामा एक प्रतिशतमा झ-यो विद्युत् चुहावट

बकैया दर्पण : हेटौँडा उपमहानगरपालिका क्षेत्रमा विद्युत् चुहावट एक प्रतिशतमा झरेको छ। विद्युत् चुहाबट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् मिटर रिडिङमा सुधारलगायत प्राधिकरणको प्रणाली सुदृढीकरण भएसँगै आर्थिक वर्ष २०८०/८१...

बागमती प्रदेशका बिनाविभागीय मन्त्री श्रेष्ठलाई जिम्मेवारी दिने विषयले सत्तारुढ दलभित्र दरार

बकैया दर्पण : बागमती प्रदेशका बिनाविभागीय मन्त्री मदु कुमार श्रेष्ठलाई जिम्मेवारी दिने विषयले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच दरार पैदा भएको छ। गत साउन ९ गते कांग्रेसबाट नियुक्त भएका मन्त्री श्रेष्ठलाई जिम्मेवारी दिन एमालेको भागमा परेको मन्त्रालय...

कांग्रेसका रिक्त पदहरूमा पदपूर्ति गर्ने कांग्रेसको निर्णय

बकैया दर्पण : नेपाली कांग्रेसले विभिन्न तहका समितिमा रिक्त स्थानमा पदपूर्ति सम्बन्धमा निर्णयहरू गरेको छ । आइतबार वीपीनगर, ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले रिक्त रहेका पदपूर्तिहरू प्रक्रिया पु¥याएर गर्न निर्देशन दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको...

हेटौंडाको होटलको कोठामा युवतीको हत्या गरेको अभियोगमा युवक पक्राउ

बकैया दर्पण : एक साताअघि हेटौँडा उपमहानगरपालिका १० बसपार्कस्थित होटलको कोठामा एक युवतीको हत्या गरी फरार भएका एक युवकलाई प्रहरीले सोमबार अपरान्ह हेटौँडाबाटै पक्राउ गरेको छ । होटलको कोठामा हेटौँडा उपमहानगरपालिका-११ सरस्वतीकी २३ वर्षीया एलिसा न्यौपानेको हत्या गरेर फरार...

बकैया खोलाले बगाएको नानुमायाको मृत्यु

बकैया दर्पण : आइतबार (हिजो) बिहान मकवानपुरको बकैया गाउँपालिका–६ स्थित बकैया खोलाले बगाएर बेपत्ता भएकी नानुमाया तितुङको शव फेला परेको छ। सोमबार (आज) बाराको कोल्हबी नगरपालिका–२ स्थित बकैया खोलाको किनारमा तितुङ मृत अवस्थामा फेला परेकी हुन्। आइतबार निजगढबाट बकैया...

हेटौंडामा ट्रकले मोटरसाइकललाइ ठक्कर दिदा एक जनाको मृत्यु

बकैया दर्पण : हेटौंडा–१९, नेवारपानीस्थित पुर्व–पश्चिम सडकखण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–९ का २५ वर्षीय अभिषेक सुवेदी रहेका छन् । नवलपरासीबाट झापाको लागि सिमेन्ट लोड लिई जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २०८६...

बुवाको मुख हेर्ने दिन, के छ वैदिक महत्व ?

बकैया दर्पण : आज भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ । यो विशेष दिनलाई सांस्कृतिक र धार्मिक महत्त्व बोकेको पर्वको रूपमा चिनिन्छ । यो पर्व विशे गरी पितृ पुण्य र...

पेट्रोलको मूल्य घट्यो

बकैया दर्पण :  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ । आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ...