बकैया–कला साहित्य महोत्सव–२०८२ भव्य रूपमा आयोजना हुँदै

बकैया,मकवानपुर । झरना साहित्यिक परिवार मकवानपुरको ३३औँ वार्षिक उत्सव तथा ३२४औँ साहित्य श्रृङ्खलाको अवसरमा “७ औँ बकैया–कला साहित्य महोत्सव–२०८२” आयोजना हुने भएको छ। महोत्सव आगामी २०८२ फागुन ५ र ६ गते बकैया गाउँपालिका वडा नं. ४ स्थित श्री महेन्द्र...

लागूऔषधसहित दुई युवक पक्राउ

मकवानपुर, २०८२ माघ २८ – विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय नेवारपानी, मकवानपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले मिति २०८२।१०।२७ गते अन्दाजी ११:०० बजेको समयमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नं. १९ स्थित एक होटलको...

फास्ट ट्र्याक निर्माणस्थलमा टुचन मेसिन ब्रेक फेल हुँदा एक जनाको मृत्यु, एक घाइते

मकवानपुर — मकवानपुरको भिमफेदी गाउँपालिका–८ महादेवटार छोक्रेडाँडा स्थित निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गतको १ नम्बर पुल क्षेत्रमा टुचन मेसिन दुर्घटना हुँदा एक मजदुरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मिति २०८२ साल १० गते...

दोस्रो बागमती–१ वडा स्तरीय कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

बागमती,मकवानपुर – बागमती गाउँपालिका–१ मा आयोजना हुने दोस्रो बागमती–१ वडा स्तरीय कप फुटबल प्रतियोगिता–२०८२ को खेल तालिका सार्वजनिक गरिएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ सञ्चालन हुने प्रतियोगितामा वडा भित्र रहेको युवा क्लबहरूको सहभागिता रहनेछ।...

स्थानीय विकासमा सामुदायिक वनको भूमिका उल्लेख गर्दै २७औँ साधारण सभा सम्पन्न

बकैया,मकवानपुर – बकैया गाउँपालिका वडा नं. ७ मा रहेको पशुपति सामुदायिक वन उपभोक्ता समितिको २७औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। साधारण सभामा बकैया गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष मानबहादुर सिङतान प्रमुख अतिथिका रूपमा सहभागी...

२ किलो अफिम जस्तो देखिने लागूऔषधसहित मकवानपुरबाट २ जना पक्राउ

मकवानपुर – मकवानपुर प्रहरीले २ किलो अफिम जस्तो देखिने प्रतिबन्धित लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ। मिति २०८२ साल माघ २३ गते दिउँसो करिब १३:३० बजेको समयमा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका...

मनहरीमा चामल बोकेको ट्रक दुर्घटना, चालक र सहचालक घाइते

मकवानपुर — मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–७ शिबिरस्थित पूर्व–पश्चिम सडकखण्डमा चामल बोकेको ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार मिति २०८२।१०।२३ गते बिहान करिब ०५:४० बजेको समयमा हेटौडाबाट चितवनतर्फ जाँदै गरेको ना.६ ख ६५७४ नम्बरको ट्रक ब्रेक...

बकैया गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सम्पन्न

बकैया,मकवानपुर । “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेल” भन्ने नाराका साथ बकैया गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता २०८२ सम्पन्न भएको छ । प्रतियोगिताको व्यवस्थापन कर्मप्राप्ती माध्यमिक विद्यालयले गरेको थियो भने संरक्षक बकैया गाउँपालिका हात्तिसुडे तथा आयोजक...

बकैया गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ् शिल्डमा सहभागी खेलाडीलाई ३५ थान जर्सी सहयोग

बजैया,मकवानपुर – मकवानपुरको श्री कर्मप्राप्ती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको बकैया गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगितामा सहभागी विद्यार्थी खेलाडीहरुलाई ३५ थान जर्सी सहयोग गरिएको छ। बकैया गाउँपालिका वडा नं. ५ कर्मचुली निवासी युवा व्यवसायी तथा समाजसेवी निकेस घलान र...

बकैया–५ का खेलकुद संयोजक वाईबाद्वारा राष्ट्रपति रनिङ शिल्डका लागि प्रभात माविलाई १२ सेट जर्सी हस्तान्तरण

बकैया,मकवानपुर – बकैया गाउँपालिका वडा नं ५ का खेलकुद विकास समितिका संयोजक बिनोद वाईबाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने प्रभात माध्यमिक विद्यालयको टिमका लागि १२ सेट जर्सी विद्यालयका प्रधानाध्यापक धनबहादुर बललाई हस्तान्तरण गर्नुभएको छ। विद्यालय परिसरमा आयोजित संक्षिप्त...