लागूऔषधसहित दुई युवक पक्राउ

बकैया दर्पण संवाददाता
२९ माघ २०८२, बुधबार १७:०२

मकवानपुर, २०८२ माघ २८ – विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय नेवारपानी, मकवानपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीले मिति २०८२।१०।२७ गते अन्दाजी ११:०० बजेको समयमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नं. १९ स्थित एक होटलको कोठामा शंकास्पद रूपमा बसिरहेका दुई युवकलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नं. ०३ निवासी २४ वर्षीय विजय मोक्तान र हेटौडा उपमहानगरपालिका वडा नं. १२ निवासी २४ वर्षीय सुवर्ण घलान रहेका छन्।
शंका लागी रीतपूर्वक खानतलासी गर्दा उनीहरूको साथबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २२० मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालत, हेटौडाबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*