दोस्रो बागमती–१ वडा स्तरीय कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
बागमती,मकवानपुर – बागमती गाउँपालिका–१ मा आयोजना हुने दोस्रो बागमती–१ वडा स्तरीय कप फुटबल प्रतियोगिता–२०८२ को खेल तालिका सार्वजनिक गरिएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ सञ्चालन हुने प्रतियोगितामा वडा भित्र रहेको युवा क्लबहरूको सहभागिता रहनेछ।
सार्वजनिक गरिएको खेल तालिकाअनुसार प्रतियोगिता समूह ‘A’ र ‘B’ मा विभाजन गरी सञ्चालन गरिनेछ। समूह चरणका खेलहरू दिउँसो १ बजे र ३ बजे हुनेछन् भने प्रतियोगिताको फाइनल खेल २०८२ साल माघ ६ गते दिउँसो १२ बजे आयोजना गरिनेछ।
वडा नं. १ का वडा अध्यक्ष हस्त बहादुर थिङका अनुसार, प्रतियोगिताले स्थानीय युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै स्वास्थ्यप्रति सचेत बनाउने र वडा स्तरमा खेलकुद विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
