बकैया–कला साहित्य महोत्सव–२०८२ भव्य रूपमा आयोजना हुँदै

बकैया दर्पण संवाददाता
३० माघ २०८२, बिहीबार २३:५१

बकैया,मकवानपुर । झरना साहित्यिक परिवार मकवानपुरको ३३औँ वार्षिक उत्सव तथा ३२४औँ साहित्य श्रृङ्खलाको अवसरमा “७ औँ बकैया–कला साहित्य महोत्सव–२०८२” आयोजना हुने भएको छ।
महोत्सव आगामी २०८२ फागुन ५ र ६ गते बकैया गाउँपालिका वडा नं. ४ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)को प्राङ्गणमा सञ्चालन हुनेछ।
कार्यक्रममा सम्मान समर्पण, कविता तथा चित्रकला प्रतियोगिता, चित्रकला/विज्ञान प्रदर्शनी, विविध जातजातिका नृत्य, समकालीन काव्य उत्सव, मुक्तक–गजल उत्सव, लोक दोहोरी, रचना वाचन, पत्रिका विमोचन लगायतका विविध साहित्यिक तथा सांस्कृतिक गतिविधिहरू समेटिने आयोजकले जनाएको छ।
यसका साथै “बकैयाको काव्य महक”, “पालिका अध्यक्षसँग सात प्रश्न” तथा सकारात्मक सोच अभिवृद्धि कार्यक्रम जस्ता विशेष आकर्षणहरू पनि रहने छन्।
महोत्सवको आयोजक भरना साहित्यिक परिवार मकवानपुर, प्रयोजक बकैया गाउँपालिका तथा सहकार्यकर्ता श्री महेन्द्र मावि (प्राविधिक शिक्षालय) रहेको छ।
आयोजकले साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै कार्यक्रममा सबै साहित्यप्रेमी, कलाकार तथा सर्वसाधारणलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*