वकैयामा सर्पले टाेकेर ८ वर्षे वालिकाकाे मृत्यु ।

बकैया दर्पण संवाददाता
१७ श्रावण २०८०, बुधबार २०:३७

मकवानपुर । मकवानपुरको वकैया गाउँपालिका वडा नं. ७ अधेरीको ८ वर्षिया वालिका करिश्मा लोको विषालु सर्पको टोकाईवाट मृत्यु भएको छ ।

दिउँसो करिव १२ वजे आफ्नै घरमा सर्पले टोकेपछि उपचारको लागि अस्पताल लैजादै गर्दा वाटोमा उनको निधन भएको हो । उनी उत्तम भावाना आधारभूत विध्यालयमा कक्षा–४ मा अध्यनरत थिइन् ।

पछिल्लो केही वर्षदेखि वकैयामा विषालु सर्पको विगविगी वढेको छ । विषालु सर्प देखिन थालेपछि पालिकाभित्र सर्पको डसाइवाट मृत्यु हुनेको संख्या पनि वढ्दै गएको छ । पालिकाभित्र विषालु सर्पको त्रास वढेपनि सर्प दंस उपचार केन्द्र नहुँदा वर्षेनी यस्ता खालको अप्रिय घटनाहरू घट्ने गरेको छ ।

यस विषयमा वकैया दर्पणले जिज्ञासा राख्दा वकैया गाउपालिकाका अध्यक्ष धर्मराज लामिछानेले भने यहि आर्थिक वर्ष सर्प दंस उपचार केन्द्र स्थापना गरिने र यस्ता खालको अप्रिय घटनालाई रोक्ने वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*