वकैया गाउँपालिकाका ९ जना वडाध्यक्षलाई प्रतिब्यक्ति १ लाख ५० हजार जरिबाना
मकवानपुर । निर्वाचन आयोगले वकैया गाउँपालिकाका ९ जना वडाध्यक्षहरुलाई प्रतिब्यक्ति रु १ लाख ५० हजारका दरले जरिवाना गरेको छ । चुनावमा भएको खर्चको विवरण पेश नगरेको भन्दै ९ जना वडाध्यक्षहरुलाई जरिवाना तोकेको हो ।
आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ को उपदफा १ र स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार उम्मेदवारले निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको मितिले ३० दिनभित्र निवार्चन खर्च विबरण पेश गर्नुपर्नेमा नगरेपछि सोधिएको स्पष्टिकरण समेत नदिएपछि आयोगले जरिवाना गरेको हो ।
आयोगले वकैया गाउँपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष आशिष तितुङ, वडा नम्बर ३ का वडा अध्यक्ष भुमलसिं घलान, वडा नम्बर ४ का वडा अध्यक्ष राजन दङ्गाल, वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मी जिम्बा, वडा नम्बर ६ का वडा अध्यक्ष फुल बहादुर भोम्जन, वडा नम्बर ९ का वडा अध्यक्ष टङ्कध्वज लोप्चन, वडा नम्बर १० का वडा अध्यक्ष कमला कुमारी वाइवा, वडा नम्बर ११ का वडा अध्यक्ष गोपाल वहादुर न्यासुर र वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानेन्द्र बजगाईलाई जनही १ लाख ५० हजार रुपैँया तिर्न सूचना प्रकाशन गरेको हो ।
यसैगरी, वकैया गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवारहरु एमालेका सरला वोलखे, राप्रपाका रामप्रसाद दाहाल, नेकपा एकिकृत समाजवादीका नारायण प्रसाद तिमल्सिनालाई जनही रु ३ लाख ५० हजार जरिवाना तिर्न स्चना जारी गरेको छ । यस्तै वकैया गाउँपालिकाका उपाध्यक्ष पदका उम्मेदवारहरु एमालेका लालबहादुर स्याङ्तान, राप्रपाका सावित्री राई, नेकपा एकिकृत समाजवादीका उर्मिला राई र जनता समाजवादी नेपालका मिरा वाईवाका नाममा समेत रु ३ लाख ५० हजार जरिवाना गर्ने सुचना जारी गरिएको छ ।
निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को उपदफा (३) मा उपदफा (२) बमोजिम भएको जरिवाना छ महिनासम्म नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुनेगरी बढीमा छ बर्षसम्म कुनैपनि निर्वाचनमा भाग लिन रोक लगाउन वा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्ने छ ।
गाउँपालिका वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्यको विवरण यस्तो छ : गाउँपालिका वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्यको विवरण
गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुको विवरण यस्तो छ : गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुको विवरण