बकैया गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ् शिल्डमा सहभागी खेलाडीलाई ३५ थान जर्सी सहयोग
बजैया,मकवानपुर – मकवानपुरको श्री कर्मप्राप्ती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको बकैया गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगितामा सहभागी विद्यार्थी खेलाडीहरुलाई ३५ थान जर्सी सहयोग गरिएको छ।
बकैया गाउँपालिका वडा नं. ५ कर्मचुली निवासी युवा व्यवसायी तथा समाजसेवी निकेस घलान र प्रिन्स घलान दाजुभाइले प्रतियोगितामा सहभागी खेलाडीहरुको मनोबल उच्च बनाउने उद्देश्यले जर्सी सहयोग गर्नुभएको हो।
उक्त सहयोगले विद्यार्थी खेलाडीहरुलाई थप उत्साह मिलेको विद्यालय प्रशासन तथा आयोजक पक्षले बताएका छन्। समाजसेवी भावना सहित खेलकुद क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आउनुभएका घलान दाजुभाइप्रति स्थानीयवासी तथा सरोकारवालाहरुले आभार व्यक्त गरेका छन्।
यस अवसरमा जर्सी सहयोग गर्ने दाजुभाइलाई धेरै धेरै धन्यवाद दिँदै, उहाँहरुको परिवारमा सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर सफलताको कामना गरिएको छ।
