SEE परीक्षामा नक्कली परीक्षार्थी पक्राउ, दुई जना नियन्त्रणमा

मकवानपुर । माध्यमिक शिक्षा परीक्षा (SEE) अन्तर्गत मकवानपुरको हेटौंडामा नक्कली परीक्षार्थी पक्राउ परेका छन्।मिति २०८२ चैत २० गते बिहान करिब ०८:०० बजे हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवीस्थित सोलिड्यारेटी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको SEE परीक्षा केन्द्रमा अर्काको नाममा परीक्षा दिन आएको एक...

आगो सल्किँदा हेटौंडामा गोठ जलेर नष्ट, १० बाख्रा मरे

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ भोर्लेमा आगलागी हुँदा एक गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ।मिति २०८१ साल चैत १९ गते साँझ करिब १९:१५ बजे स्थानीय सानुकाजी स्याङवोको काठ र जस्ताले बनेको गोठमा आगलागी भएको हो। आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी...

हेटौडामा  सवारी दुर्घटना: एक युवतीको मृत्यु, दुई घाइते

मकवानपुर – मकवानपुरको हेटौडा उपमहानगरपालिका–९ गुम्बाचोकस्थित पूर्व–पश्चिम सडक खण्डमा आज (मिति २०८२ चैत १८ गते) बिहान करिब ११:२५ बजे भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। हेटौडाबाट रातोमाटेतर्फ जाँदै गरेको प्र.३-०२-००७ प...

नेपाल माझी महिला उत्थान संघको नयाँ नेतृत्व चयन

मकवानपुर – नेपाल माझी महिला उत्थान संघको पाँचौं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ। नव-निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। महाधिवेशनबाट अध्यक्षमा होम कुमारी माझी (ओखलढुंगा) चयन हुनुभएको छ...

बकैया–७ मा डबल A साइड ब्याडमिन्टन प्रतियोगिता हुने

मकवानपुर,बकैया – मकवानपुरको बकैया गाउँपालिका–७, धमन्तोलमा प्रथम गाउँपालिका स्तरीय “डबल A साइड ब्याडमिन्टन प्रतियोगिता २०८२” आयोजना हुने भएको छ। खेलकुदमार्फत स्वास्थ्य प्रवर्द्धन र युवालाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो। प्रतियोगिता आगामी चैत २० गते सञ्चालन हुनेछ।...

मकवानपुरमा कराँतेको धमाका : हात्तिसुडे डोजो १४ स्वर्णसहित च्याम्पियन

मकवानपुर – मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको दोस्रो खेलकुद तथा व्यापार मेलाको अवसरमा जिल्ला स्तरीय कराँते प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। चैत २ र ३ गते आयोजना गरिएको उक्त प्रतियोगितामा जिल्लाभरका १० वटा कराँते डोजोहरूको...

“बकैया–६ मा जीवन विकास लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम: बचत, ऋण र सफलता का उदाहरणहरू सम्मानित”

बकैया,मकवानपुर। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको जुनली शाखा कार्यालयको आयोजनामा मकवानपुरको बकैया गाउँपालिका–६ स्थित बुद्ध पार्कमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संस्थासँग आबद्ध केन्द्र प्रमुख तथा सदस्यहरूको राम्रो सहभागिता रहेको थियो। सहभागीहरूलाई...

निर्वाचन सुरक्षाका लागि करिब ४ लाख सुरक्षाकर्मी परिचालन

मकवानपुर  । आसन्न निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन सुरक्षा निकायहरू व्यापक रूपमा परिचालन गरिएको छ। निर्वाचन सुरक्षाअन्तर्गत करिब ४ लाख सुरक्षाकर्मी खटाइएको जनाइएको छ। तथ्याङ्कअनुसार नेपाली सेनाबाट ६८ हजार ७२६ जना, नेपाल प्रहरीबाट ७५ हजार ८८७...

थाहा–२ टाखेलमा आगलागी: दुई लाख बराबरको क्षति

मकवानपुर । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरका अनुसार थाहा नगरपालिका–२ टाखेलमा आगलागी हुँदा करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ। मिति २०८२ फागुन १७ गते राति करिब १०:३० बजे चन्द्रबहादुर देउलाको नयाँ घरबाट करिब ५०० मिटर उत्तरतर्फ रहेको...

हरिहरपुरगढी–३ रानीपानीमा बन्चरो प्रहारबाट महिलाको मृत्यु, श्रीमान् पक्राउ

सिन्धुली,हरिहरपुर गढी – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा बन्चरो प्रहारबाट एक महिलाको ज्यान गएको छ। आइतबार करिब साँझ ४:३० बजेको समयमा ४५ वर्षीय जिते भनिने बिरबहादुर राईले आफ्नै घरमा श्रीमती अन्दाजी ४५ वर्षीया रिता राईमाथि बन्चरोले टाउकोमा प्रहार गरेका थिए।...