हरिहरपुरगढी–३ रानीपानीमा बन्चरो प्रहारबाट महिलाको मृत्यु, श्रीमान् पक्राउ
सिन्धुली,हरिहरपुर गढी – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा बन्चरो प्रहारबाट एक महिलाको ज्यान गएको छ।
आइतबार करिब साँझ ४:३० बजेको समयमा ४५ वर्षीय जिते भनिने बिरबहादुर राईले आफ्नै घरमा श्रीमती अन्दाजी ४५ वर्षीया रिता राईमाथि बन्चरोले टाउकोमा प्रहार गरेका थिए।
गम्भीर चोटका कारण रिता राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।घटनापछि आरोपी बिरबहादुर राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कपिलाकोटतर्फ ल्याइएको छ।
घटनाको कारण हालसम्म खुलेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
