बकैया–७ मा डबल A साइड ब्याडमिन्टन प्रतियोगिता हुने
मकवानपुर,बकैया – मकवानपुरको बकैया गाउँपालिका–७, धमन्तोलमा प्रथम गाउँपालिका स्तरीय “डबल A साइड ब्याडमिन्टन प्रतियोगिता २०८२” आयोजना हुने भएको छ। खेलकुदमार्फत स्वास्थ्य प्रवर्द्धन र युवालाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो।
प्रतियोगिता आगामी चैत २० गते सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले चैत १८ गतेसम्म नाम दर्ता गराउनुपर्नेछ। आयोजकका अनुसार टिम दर्ता शुल्क ६०० रुपैयाँ तोकिएको छ भने खेलाडीहरूको लागि खानाको समेत व्यवस्था गरिनेछ।
प्रतियोगिताको आयोजना हात्तिसौडा युवा क्लबले गरेको हो भने समन्वय बकैया–७ वडा कार्यालयले गरेको छ। साथै, व्यवस्थापन धमन्तोल स्पोर्ट्स क्लबले गर्ने जनाएको छ।
प्रतियोगितामा विजेता टिमलाई ७ हजार रुपैयाँ र उपविजेतालाई ३ हजार ५ सय रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
स्थानीय स्तरमा खेलकुद गतिविधि बढाउँदै युवालाई सकारात्मक दिशामा अघि बढाउन यस्तो प्रतियोगिता महत्वपूर्ण हुने अपेक्षा गरिएको
