SEE परीक्षामा नक्कली परीक्षार्थी पक्राउ, दुई जना नियन्त्रणमा

बकैया दर्पण संवाददाता
२० चैत्र २०८२, शुक्रबार १२:०४

मकवानपुर । माध्यमिक शिक्षा परीक्षा (SEE) अन्तर्गत मकवानपुरको हेटौंडामा नक्कली परीक्षार्थी पक्राउ परेका छन्।मिति २०८२ चैत २० गते बिहान करिब ०८:०० बजे हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवीस्थित सोलिड्यारेटी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको SEE परीक्षा केन्द्रमा अर्काको नाममा परीक्षा दिन आएको एक नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्राप्त जानकारी अनुसार सिन्धुली जिल्लाको मरिन गाउँपालिका–४ घर भई हाल हेटौंडा–४ स्थित हेटौंडा स्कुल अफ म्यानेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत अन्दाजी १७/१८ वर्षीय बिराज बिकले अर्काको प्रवेशपत्रमा आफ्नो फोटो राखी परीक्षा दिन आएको अवस्थामा पक्राउ परेका हुन्।

थप अनुसन्धानका क्रममा उनले हेटौंडा–१२ पदमपोखरी बस्ने अन्दाजी १९ वर्षीय अंकिश श्रेष्ठको नामको प्रवेशपत्र प्रयोग गरी परीक्षा दिन आएको खुलेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न दुबै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले परीक्षा प्रणालीको मर्यादा विपरीत हुने यस्ता कार्यमा संलग्न नहुन सबैलाई सचेत गराउँदै निगरानी कडा पारिएको जानकारी दिएको

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*