नेपाल माझी महिला उत्थान संघको नयाँ नेतृत्व चयन

बकैया दर्पण संवाददाता
८ चैत्र २०८२, आईतवार ०५:३१

मकवानपुर – नेपाल माझी महिला उत्थान संघको पाँचौं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ। नव-निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

महाधिवेशनबाट अध्यक्षमा होम कुमारी माझी (ओखलढुंगा) चयन हुनुभएको छ भने उपाध्यक्षमा सिसन माझी (मकवानपुर) निर्वाचित हुनुभएको छ। त्यस्तै महासचिवमा पदम माया माझी (झापा) र सचिवमा सुनीता माझी (सिन्धुली) चयन हुनुभएको छ।

कोषाध्यक्षमा सावित्री माझी (काभ्रेपलाञ्चोक) रहनुभएको छ। सदस्यहरूमा राधिका माझी (नुवाकोट), कमला माझी (लमजुङ), सरु माझी (पर्वत), पार्वती माझी (मोरङ), अनुशा माझी (धादिङ) र शोभा माझी (महोत्तरी) चयन हुनुभएको छ।

नव-निर्वाचित टिमले माझी समुदायका महिलाको अधिकार, सशक्तीकरण र विकासका लागि सक्रिय रूपमा काम गर्ने अपेक्षा गरिएको छ।

बधाई तथा शुभकामना सन्देश नेपाल माझी उत्थान संघ, बागमती प्रदेश समितिका अध्यक्ष रामशरण माझीले दिनुभएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*