मुख्यमन्त्री बानियाँद्वारा बकैया–५ र ६ जोड्ने मल्टिसेल बक्स पुल शिलान्यास, ८ सय घरधुरी लाभान्वित हुने

बकैया, मकवानपुर । बकैया गाउँपालिका–५ र ६ लाई जोड्ने कर्मचुली–जुइना सुकौरा खोला मल्टिसेल बक्स पुलको शिलान्यास बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बुधबार एक विशेष समारोहबीच गर्नुभएको छ। बागमती प्रदेश सरकारद्वारा ६ करोड ८९ लाख ४९ हजार ७ सय ५४...

बकैया–४ को वडा स्तरीय खुला नकआउट फुटबल प्रतियोगिता हुने

मकवानपुर (बकैया) – बकैया गाउँपालिका–४ वडा खेलकुद विकास समितिद्वारा आयोजित बडा–स्तरीय खुला पुरुष नकआउट फुटबल प्रतियोगिता मंसिर १७ गतेदेखि हुने भएको छ। खेलकुद गतिविधि प्रवर्द्धन तथा स्थानीय प्रतिभा पहिचानका लागि आयोजना गरिएको यो प्रतियोगितामा सहभागिताका लागि सम्बन्धित टोलीहरूलाई समितिले...

विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह बकैयामा विभिन्न कार्यक्रमसहित मनाइयो

मकवानपुर, बकैया — विश्व प्रतिजैविक प्रतिरोध (Antimicrobial Resistance–AMR) सचेतना सप्ताह २०२५ (नोभेम्बर १८–२४) अर्थात २–८ मङ्सिर २०८२ को अवसरमा बकैया गाउँपालिका स्वास्थ्य शाखाले हिजो (मिति २०८२/०८/०८) विविध कार्यक्रमसहित सचेतनामूलक गतिविधि सम्पन्न गरेको छ। कार्यक्रम बकैया गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा...

बकैया–५ मा रेविजलगायत जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण हुने भएको छ

मकवानपुर, बकैया–५ । बकैया गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आज  २०८२/०८/०९ गते रेविजसहित विभिन्न जुनोटिक रोग (जनावरबाट मानिसमा सर्ने रोग) सम्बन्धी अभिमुखीकरण कार्यक्रम हुने भएको छ। कार्यक्रमका लागि स्थानीय स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा समुदायका सरोकारवाला व्यक्तिहरूलाई सहभागी गराइने स्वास्थ्य शाखाले जनाएको...

भीमफेदीमा भीरबाट खसेकी १४ वर्षीया किशोरीको सफल उद्धार

मकवानपुर (भिमफेदी) – भीमफेदी गाउँपालिका–५ ढुसिनीपुल नजिक १४ वर्षीया रजना स्याङ्तान भीरबाट खसेपछि प्रहरीले सकुशल उद्धार गरेको छ। आइतबार साँझ करिब ८ बजे घरबाट छबेली बजार जाने भन्दै हिँडेकी रजना अचानक खहरे खोलाको भीरबाट करिब ५० मिटर तल खसेर...

एमालेभित्र ओलीको चुनौती बढ्यो, भण्डारी–पोखरेल प्यानल बलियो बन्दै

मकवानपुर (बकैया) – नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पुनः शक्ति केन्द्रमा फर्किन प्रयासरत रहे पनि पार्टीभित्र उनको चुनौती दिनप्रतिदिन बढ्दै गएको देखिन्छ। बालुवाटारमा प्रभाव पुनःस्थापित गर्ने लक्ष्यका साथ सक्रिय भए पनि पछिल्ला गतिविधिले ओलीको नेतृत्व...

बागमती गाउँपालिका–४ झुरझुरेमा १० करोड लागतको प्रशासकीय भवन निर्माण हुँदै

मकवानपुर (बगमती) – बागमती गाउँपालिका–४, झुरझुरेमा करिब १० करोड रूपैयाँको अनुमानित लागतमा नयाँ प्रशासकीय भवन निर्माण गरिने भएको छ । गाउँपालिकाका अनुसार भवन निर्माणका लागि आवश्यक बजेट स्थानीय पूर्वाधार विभागमार्फत सुनिश्चित गरिएको छ । गाउँपालिकाले विनियोजित बजेटसँगै भवन निर्माणका...

नेपाली कांग्रेस मकवानपुर जिल्ला कार्यसमितिको पूर्ण बैठक मंसिर १२ मा वस्दै

मकवानपुर । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरको पूर्ण बैठक आगामी मंसिर १२ गते वस्ने भएकाे छ । नेपाली काँङ्ग्रेस मकवानपुर जिल्ला कार्यालयले जारी गरेकाे सूचना अनुसार पूर्ण वैठक ईन्द्रसरोवर गाउँपालिका–१, मार्खु स्थित डी लेकसाइड होटलमा हुने भएको छ। बैठकमा...

बकैया गाउँपालिकाको नयाँ भवन उद्घाटनमा बागमती प्रदेशका मुख्यमन्त्री बानियाँ आउने

बकैया (मकवानपुर) – बकैया गाउँपालिकाले नयाँ निर्माण भएको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा सहभागी हुन स्थानीय नागरिकलाई औपचारिक निमन्त्रणा गरेको छ। पत्रमा जनाइएअनुसार, प्रमुख अतिथि माननीय ईन्द्र बहादुर बानियाँको उपस्थितिमा भवन उद्घाटन कार्यक्रम आयोजना हुँदैछ। गाउँपालिकाले सबै बकैया बासी, सामाजिक...

जनजागृती प्रा.वि. गबरस्थानमा जीवन विकास लघुवित्तद्वारा हाजिरीजवाफ तथा सामग्री वितरण

बकैया(मकवानपुर), – बकैया–०६ गबरस्थानस्थित श्री जनजागृती प्राथमिक विद्यालयमा आज आइतबार जीवन विकास लघुवित्त वित्तीय संस्था लि., शाखा कार्यालय जुनेलीले हाजिरीजवाफ प्रतियोगिता तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। मिति २०८२/०८/०७ गते आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य, प्रधानाध्यापक,...