बागमती गाउँपालिका–४ झुरझुरेमा १० करोड लागतको प्रशासकीय भवन निर्माण हुँदै

बकैया दर्पण संवाददाता
९ मंसिर २०८२, सोमबार ०९:१०

मकवानपुर (बगमती) – बागमती गाउँपालिका–४, झुरझुरेमा करिब १० करोड रूपैयाँको अनुमानित लागतमा नयाँ प्रशासकीय भवन निर्माण गरिने भएको छ । गाउँपालिकाका अनुसार भवन निर्माणका लागि आवश्यक बजेट स्थानीय पूर्वाधार विभागमार्फत सुनिश्चित गरिएको छ ।

गाउँपालिकाले विनियोजित बजेटसँगै भवन निर्माणका सम्पूर्ण प्राविधिक विवरण (DPR) समेत तयारी गरी कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको जनाएको छ । DPR अनुसार भवन आधुनिक संरचनामा निर्माण गरिनेछ भने सेवा–सुविधा सहज र प्रभावकारी हुने गरी आवश्यकता अनुसारका कोठा, हल, बैठक कक्ष तथा नागरिक सेवा केन्द्र समेत रहने व्यवस्था गरिएको छ ।

गाउँपालिकाले भवन निर्माण पूरा भएपछि सेवा प्रवाह अझ सहज, पारदर्शी र प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*