जनजागृती प्रा.वि. गबरस्थानमा जीवन विकास लघुवित्तद्वारा हाजिरीजवाफ तथा सामग्री वितरण

बकैया दर्पण संवाददाता
८ मंसिर २०८२, आईतवार १४:४९

बकैया(मकवानपुर), – बकैया–०६ गबरस्थानस्थित श्री जनजागृती प्राथमिक विद्यालयमा आज आइतबार जीवन विकास लघुवित्त वित्तीय संस्था लि., शाखा कार्यालय जुनेलीले हाजिरीजवाफ प्रतियोगिता तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।

मिति २०८२/०८/०७ गते आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य, प्रधानाध्यापक, शिक्षक–कर्मचारी अभिभावकज्यूहरू साथै शाखा प्रमुख अविनाश रौनियारको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रम अन्तर्गत आयोजित हाजिरीजवाफ प्रतियोगिताबाट ६ जना विद्यार्थीले पुरस्कार प्राप्त गरेका छन्। साथै विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई कपी र कलम वितरण गरिएको विद्यालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*