बकैया–४ को वडा स्तरीय खुला नकआउट फुटबल प्रतियोगिता हुने
मकवानपुर (बकैया) – बकैया गाउँपालिका–४ वडा खेलकुद विकास समितिद्वारा आयोजित बडा–स्तरीय खुला पुरुष नकआउट फुटबल प्रतियोगिता मंसिर १७ गतेदेखि हुने भएको छ। खेलकुद गतिविधि प्रवर्द्धन तथा स्थानीय प्रतिभा पहिचानका लागि आयोजना गरिएको यो प्रतियोगितामा सहभागिताका लागि सम्बन्धित टोलीहरूलाई समितिले आग्रह गरेको छ।

समितिद्वारा जारी सूचनाअनुसार प्रतियोगिताको उद्घाटन मंसिर १७ गते दिउँसो १ : ०० बजे जुरेली खेलमैदानमा हुनेछ। टिम दर्ता शुल्क १,००० रुपैयाँ तोकिएको छ भने दर्ताको अन्तिम मिति मंसिर १५ गते साँझ ४ बजेसम्म रहेको उक्त सुचनामा उल्लेख गरिएको छ।

प्रतियोगितामा विजेताले २०,००० रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उप-विजेताले १०,००० रुपैयाँसहित पुरस्कार पाउनेछ। साथै विभिन्न विधागत पुरस्कारहरू समेत वितरण गरिने समितिले जनाएको छ।
खेल फिफाको नियमअनुसार सञ्चालन हुनेछ।
समापन तथा फाइनल खेल मंसिर २० गते बिहान १ : ०० बजे हुने कार्यक्रमसूचीमा उल्लेख गरिएको छ।
