बकैया गाउँपालिकाको नयाँ भवन उद्घाटनमा बागमती प्रदेशका मुख्यमन्त्री बानियाँ आउने

बकैया दर्पण संवाददाता
८ मंसिर २०८२, आईतवार १८:५०

बकैया (मकवानपुर) – बकैया गाउँपालिकाले नयाँ निर्माण भएको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा सहभागी हुन स्थानीय नागरिकलाई औपचारिक निमन्त्रणा गरेको छ।

पत्रमा जनाइएअनुसार, प्रमुख अतिथि माननीय ईन्द्र बहादुर बानियाँको उपस्थितिमा भवन उद्घाटन कार्यक्रम आयोजना हुँदैछ। गाउँपालिकाले सबै बकैया बासी, सामाजिक अगुवाहरु, बुद्धिजीवी तथा सरोकारवाला व्यक्तिहरूलाई कार्यक्रममा सहभागी भई गरिमा बढाइदिन अनुरोध गरेको छ।

कार्यक्रमको तयारी तीव्र गतिमा भइरहेको र गाउँपालिकाले नयाँ भवन जनताका लागि थप सहज र सेवा प्रवाहमा सक्षम बन्ने विश्वास व्यक्त गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*