बकैया–५ मा रेविजलगायत जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण हुने भएको छ

बकैया दर्पण संवाददाता
१० मंसिर २०८२, मंगलवार १०:२९

मकवानपुर, बकैया–५ । बकैया गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आज  २०८२/०८/०९ गते रेविजसहित विभिन्न जुनोटिक रोग (जनावरबाट मानिसमा सर्ने रोग) सम्बन्धी अभिमुखीकरण कार्यक्रम हुने भएको छ।

कार्यक्रमका लागि स्थानीय स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा समुदायका सरोकारवाला व्यक्तिहरूलाई सहभागी गराइने स्वास्थ्य शाखाले जनाएको छ। कार्यक्रममा रेविजको जोखिम, रोकथाम, लक्षण पहिचान, साथै अन्य जनावरबाट सर्ने रोगहरूको कारण, नियन्त्रण र सुरक्षित व्यवहारबारे जानकारी प्रदान गरिनेछ।

समुदायमा जनचेतना अभिवृद्धि गर्दै रोग नियन्त्रणमा सहयोग पुग्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको स्वास्थ्य शाखाले बताएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*