अन्तराष्ट्रिय प्रतियोगितामा जाने खेलाडी राज भोलोनलाई बकैयामा सम्मान सहित बिदाई
मकवानपुर,बकैया – बकैया– ८ हिमचुली सामुदायिक वन उपभोक्ता समूह र नेपाल कराते महासंघ कार्यसमिति बकैयाका अध्यक्ष तथा भिम बा. स्पोर्ट्स एकेडेमी हात्तिसुँडेका प्रमुख श्री भिम बहादुर घलानको प्रमुख आतिथ्यतामा, एकेडेमीका सदस्य–सचिव उसित लामाको समन्वयमा राज भोलोनलाई सम्मान तथा बिदाई...
सरकारी सवारी साधन दुरुपयोग रोक्न राष्ट्रिय सतर्कता केन्द्रको ध्यानाकर्षण
काठमाडौ – राष्ट्रिय सतर्कता केन्द्र, अन्वेषण तथा अनुगमन शाखा सिंहदरबारले विभिन्न जिल्लास्तरका जनप्रतिनिधि तथा सरकारी कर्मचारीहरूले सरकारी सवारी साधनको दुरुपयोग गरेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएको छ। केन्द्रका अनुसार स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष...
अपाङ्ग दिवसमा बकैयाको वडा नं ४ का तीन जनालाई (क) वर्गको अपाङ्ग परिचयपत्र वितरण
बकैया,मकवानपुर – गाउँपालिकामा आज २०८२/०८/१७ गते अपाङ्ग दिवसको अवसरमा वडा नं ४ का तीन जनालाई (क) वर्गको अपाङ्ग परिचयपत्र वितरण गरिएको छ। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्री, वडा नं ४ का कार्यबाहक वडा अध्यक्ष बिजय भोलन, सामाजिक शाखा प्रमुख...
बकैया जेसिसद्वारा श्रृजना आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण
बकैया,मकवानपुर – बकैया– जेसिस सप्ताहको अवसरमा बकैया जेसिसले बुधबार बकैया–४ रातो थलीस्थित श्रृजना आधारभूत विद्यालय का विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ। कार्यक्रम बकैया जेसिसका उपाध्यक्ष सुनिल बोम्जनको संयोजकत्वमा र अध्यक्ष शौभाग्या दुतराजको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयकी...
वडा–स्तरिय फुटबल प्रतियोगिताको उद्घाटन खेल सम्पन्न : हातेमालो क्लब (B) जित सुरु
मकवानपुर (बकैया) — बकैया गाउँपालिका–४ वडा खेलकुद विकास समितिद्वारा आयोजना गरिएको वडा–स्तरिय नकआउट पुरुष फुटबल प्रतियोगिता–२०८२ अन्तर्गत आजको उद्घाटन खेल उत्साहजनक रुपमा सम्पन्न भएको छ। उद्घाटन खेलमा हातेमालो क्लब (B) जुरेली र छत्रेश्वर युवा क्लब छतिवनबीच प्रतिस्पर्धा भएको थियो।...
मनहरी–९ रजैयामा खैरो हिरोइनसहित ४ जना पक्राउ
मनहरी,मकवानपुर- मनहरी गाउँपालिका–९ रजैयामा लागुऔषध खैरो हिरोइन बिक्री–वितरण भइरहेको जानकारी पाएपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ। घटना मिति २०८२/०८/१६, साँझ करिब ७ बजेको हो। ईलाका प्रहरी कार्यालय मनहरीबाट प्र.नि. दिपक थापाको नेतृत्वमा गएको प्रहरी टोलीले उक्त क्षेत्रबाट खैरो...
बकैया–४ आगलागी पीडितलाई नेपाली काँग्रेसद्वारा राहत वितरण
मकवानपुर,बकैया – बकैया गाउँपालिका–४ स्थित रातो थलीमा मिति २०८२/०८/०६ मा आगलागी हुँदा प्रभावित परिवारलाई नेपाली काँग्रेस बकैया–४ ले राहत वितरण गरेको छ। कार्यक्रम नेपाली काँग्रेस बकैया–४ को आयोजनामा सम्पन्न भएको थियो। वडा सभापति सुनिल भोम्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली...
बकैया गाउँपालिकाको खाजा खर्चबारे सार्वजनिक तथ्य गलत
मकवानपुर,बकैया – बकैया गाउँपालिकाले सामाजिक संजालमा फैलाइएको “आर्थिक वर्ष २०८०/०८१ मा खाजा खर्च र वडागत खर्चमा मात्रै १ करोड ५१ लाख ६५ हजार ५ सय २३ रुपैयाँ खर्च भयो” भन्ने दाबी पूर्ण रूपमा तथ्यहीन रहेको जनाएको छ। यस विषयमा...
बकैया–७ माटोकोरीमा वित्तीय साक्षरता र परामर्श कक्षा सुरु
बकैया– मकवानपुर – बकैया गाउँपालिका वडा नम्बर ७ स्थित माटोकोरीमा सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालनका लागि प्रारम्भिक भेला सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य विदेश जाने, गएका र फर्किएर आएका व्यक्तिहरूलाई सही जानकारी,...
प्युटारमा बृहत् धर्म–देशना कार्यक्रम सम्पन्न
ललितपुर – ललितपुरको बागमती गाउँपालिका–४, प्युटारमा मंसिर १३ गते शनिबार बौद्ध शिक्षा विस्तार मैत्री धर्म द्वीप केन्द्र र तामाङ समाजको संयुक्त आयोजनामा बृहत् धर्म–देशना कार्यक्रम सम्पन्न भएको छ। प्युटार–थाङसिङटारमा गरिएको कार्यक्रम स्थानीय समुदायदेखि भिक्षु–भिक्षुणी, धार्मिक संस्था तथा युवाको समेत...










