बकैया गाउँपालिकाको खाजा खर्चबारे सार्वजनिक तथ्य गलत
मकवानपुर,बकैया – बकैया गाउँपालिकाले सामाजिक संजालमा फैलाइएको “आर्थिक वर्ष २०८०/०८१ मा खाजा खर्च र वडागत खर्चमा मात्रै १ करोड ५१ लाख ६५ हजार ५ सय २३ रुपैयाँ खर्च भयो” भन्ने दाबी पूर्ण रूपमा तथ्यहीन रहेको जनाएको छ।

यस विषयमा गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत मिलन दुलालले स्पष्टिकरण दिंदै वास्तविक खर्च त्यसभन्दा धेरै कम रहेको बताउनु भयो।
उनका अनुसार गाउँपालिकाले प्रत्येक वडाका लागि मासिक १२ हजार रुपैयाँ र गाउँपालिकाका कार्यालयका लागि बार्षिक १५ लाख रुपैयाँ खाजा खर्च छुट्याइएको छ।
त्यसअनुसार १२ वडामा खाजा खर्च अन्तर्गत वार्षिक १७ लाख २८ हजार रुपैयाँ मात्र खर्च हुने तथ्य उनले उनले जानकारी गरे।
दुलालले सामाजिक संजालमा आएको समाचारलाई अफवाह र भ्रमपूर्ण भन्दै वास्तविक तथ्य हेर्न चाहने जो–कोहीले गाउँपालिकामा आएर आधिकारिक कागजात अवलोकन गर्न सक्ने व्यवस्था रहेको बताए।
> “तथ्य बिना गाउँपालिका बदनाम हुने गरी जानकारी प्रसारण गर्नु गैरजिम्मेवार व्यवहार हो। आवश्यक परे सबै आर्थिक विवरण सार्वजनिक रूपमा हेर्न सकिन्छ,” — मिलन दुलाल, निमित्त प्रशासनिक अधिकृत, बकैया गाउँपालिका।
गाउँपालिकाले सामाजिक संजालमा गलत सूचना प्रवाह नगर्न र प्रमाणसहित मात्र टिप्पणी गर्न आग्रह गरेको छ।
