अन्तराष्ट्रिय प्रतियोगितामा जाने खेलाडी राज भोलोनलाई बकैयामा सम्मान सहित बिदाई

बकैया दर्पण संवाददाता
१९ मंसिर २०८२, बिहीबार १८:५८

मकवानपुर,बकैया – बकैया– ८ हिमचुली सामुदायिक वन उपभोक्ता समूह र नेपाल कराते महासंघ कार्यसमिति बकैयाका अध्यक्ष तथा भिम बा. स्पोर्ट्स एकेडेमी हात्तिसुँडेका प्रमुख श्री भिम बहादुर घलानको प्रमुख आतिथ्यतामा, एकेडेमीका सदस्य–सचिव उसित लामाको समन्वयमा राज भोलोनलाई सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रमका क्रममा राज भोलोनलाई १५ हजार रुपैयाँ सम्मान स्वरूप प्रदान गरिएको थियो। उनी आगामी १३ र १४ डिसेम्बरमा मुम्बई, भारतमा हुन लागेको अन्तर्राष्ट्रिय कम्ब्याट स्पोर्ट्स फेस्टीबल २०२५मा ५५ केजी तौल समूहको कुमुतेतर्फ प्रतिस्पर्धा गर्ने छन्।

समुदाय, संस्था तथा परिवारका तर्फबाट शुभकामना प्रदान गर्दै, खेलाडी राज भोलोनले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरिएको थियो। आगामी दिनमा पनि खेल र खेलाडीलाई निरन्तर साथ र माया दिने प्रतिज्ञासहित कार्यक्रम सम्पन्न गरिएको थियो।

सहयोगी संस्था हिमचुली सामुदायिक वन उपभोक्ता समूह लाई बिशेश धन्यवाद ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*