अपाङ्ग दिवसमा बकैयाको वडा नं ४ का तीन जनालाई (क) वर्गको अपाङ्ग परिचयपत्र वितरण
बकैया,मकवानपुर – गाउँपालिकामा आज २०८२/०८/१७ गते अपाङ्ग दिवसको अवसरमा वडा नं ४ का तीन जनालाई (क) वर्गको अपाङ्ग परिचयपत्र वितरण गरिएको छ। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्री, वडा नं ४ का कार्यबाहक वडा अध्यक्ष बिजय भोलन, सामाजिक शाखा प्रमुख फटिक सर, होम कुमारी संजेल, बकैया आधारभूत अस्पतालका प्रमुख डा. कुमार ढुङ्गेल, मनो–सामाजिक परामर्शकर्ता शान्ति स्याङबो तथा स्थानीय समाजसेवीको उपस्थिति रहेको थियो।

बकैया–४ गरगरेको अनुरोधअनुसार परिचयपत्र प्राप्त गर्नेहरूमा घट्टेखोल्सीका विकास थिङ, ठुलो थलीका सुनील थिङ र सुबिदारस्वराका ठुली माया स्याङ्तान रहेका छन्।
अपाङ्ग व्यक्तिहरूलाई सरकारी सेवा तथा सुविधामा सहज पहुँच दिलाउन परिचयपत्र वितरणले महत्वपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ।
