मनहरी–९ रजैयामा खैरो हिरोइनसहित ४ जना पक्राउ
मनहरी,मकवानपुर- मनहरी गाउँपालिका–९ रजैयामा लागुऔषध खैरो हिरोइन बिक्री–वितरण भइरहेको जानकारी पाएपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ। घटना मिति २०८२/०८/१६, साँझ करिब ७ बजेको हो।
ईलाका प्रहरी कार्यालय मनहरीबाट प्र.नि. दिपक थापाको नेतृत्वमा गएको प्रहरी टोलीले उक्त क्षेत्रबाट खैरो हिरोइन जस्तो देखिने करिब २० मिलिग्राम धुलो पदार्थ (तौल परीक्षण बाँकी) र बा ८९ प ६२९३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा अनिल सिंतान, २६ वर्ष, बारा जितपुरसिमरा–१६, हाल हेटौडा–१९,संजित आले, २३ वर्ष, मनहरी–५,विनोद बहादुर बल, ३३ वर्ष, बसन्तपुर, हाल मनहरी–३ र सुरेश स्याङ्तान, ३० वर्ष, मनहरी–५ का रहेको छ
उनीहरूलाई बरामद सामग्रीसहित ईलाका प्रहरी कार्यालय मनहरीमा ल्याई थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
