वडा–स्तरिय फुटबल प्रतियोगिताको उद्घाटन खेल सम्पन्न : हातेमालो क्लब (B) जित सुरु

बकैया दर्पण संवाददाता
१८ मंसिर २०८२, बुधबार १९:१८

मकवानपुर (बकैया) — बकैया गाउँपालिका–४ वडा खेलकुद विकास समितिद्वारा आयोजना गरिएको वडा–स्तरिय नकआउट पुरुष फुटबल प्रतियोगिता–२०८२ अन्तर्गत आजको उद्घाटन खेल उत्साहजनक रुपमा सम्पन्न भएको छ।

उद्घाटन खेलमा हातेमालो क्लब (B) जुरेलीछत्रेश्वर युवा क्लब छतिवनबीच प्रतिस्पर्धा भएको थियो।
पहिलो हाफको २९औँ मिनेटमा हातेमालोका छेवाङ लामाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफ हातेमालो १–० को अग्रतामा सकिएको थियो।

दोस्रो हाफमा हातेमालोका जर्सी नं. १० अनिल माझीले अर्को गोल जोड्दै खेल २–० बनाए। त्यसपछि छत्रेश्वर क्लबका जर्सी नं. ४ का खेलाडीले एक गोल फर्काएपछि खेल २–१ पुगेको थियो।

खेलको अन्तिमतिर अनिल माझीले नै व्यक्तिगत दोस्रो गोल गर्दै हातेमालोलाई ३–१ को सहज जित दिलाए।
आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने म्यान अफ दि म्याचको अवार्ड हातेमालो क्लब (B)का छेवाङ लामालाई प्रदान गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि बकैया गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्री रहनुहुन्थ्यो।
उद्घाटन समारोहमा वडा नं ४ का का बा वडा अध्यक्ष बिजय भोलन साथै विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।

तस्बिर : दानेले थोकर

कार्यक्रमको अध्यक्षता वडा नं  ४ का खेलकुद विकास समितिका संयोजक श्याम दाहालले गर्नुभएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*