बकैया जेसिसद्वारा श्रृजना आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

बकैया दर्पण संवाददाता
१८ मंसिर २०८२, बुधबार २०:२३

बकैया,मकवानपुर – बकैया– जेसिस सप्ताहको अवसरमा बकैया जेसिसले बुधबार बकैया–४ रातो थलीस्थित श्रृजना आधारभूत विद्यालय का विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ।

कार्यक्रम बकैया जेसिसका उपाध्यक्ष सुनिल बोम्जनको संयोजकत्वमा र अध्यक्ष शौभाग्या दुतराजको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयकी नि. प्र. अ. ज्योति पुडासैनी प्रमुख अतिथि रहनु भएको थियो।

 

सहयोग सामाग्री दाता चुरियामाई मल्टी प्रोचेज प्रा.लि. का प्रोपाइटर सुबास अधिकारी उपस्थित हुनु भयो।

साथै विद्यालयका कार्यवाहक व्यवस्थापन समिति अध्यक्ष जमानसिङ भोलान, बकैया जेसिसका पूर्व अध्यक्षहरू सुशील घिमिरे, रामेश फुयाल लगायत स्थानीय बुद्धिजीवी, अभिभावक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुडासैनीले यस्ता सामाजिक गतिविधिले विद्यार्थीहरूमा अध्ययनप्रति उत्साह र आत्मविश्वास बढाउने बताउनुभयो।

कार्यक्रमको सञ्चालन रामेश फुयालले गर्नुभएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*