बकैया–७ माटोकोरीमा वित्तीय साक्षरता र परामर्श कक्षा सुरु

बकैया दर्पण संवाददाता
१६ मंसिर २०८२, सोमबार २२:०६

बकैया– मकवानपुर – बकैया गाउँपालिका वडा नम्बर ७ स्थित माटोकोरीमा सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालनका लागि प्रारम्भिक भेला सम्पन्न भएको छ।

कार्यक्रमको उद्देश्य विदेश जाने, गएका र फर्किएर आएका व्यक्तिहरूलाई सही जानकारी, वित्तीय व्यवस्थापन, बचत प्रवर्द्धन तथा मनोसामाजिक सहयोग प्रदान गर्नु रहेको आयोजकले जनाएको छ।

भेलामा स्थानीय जनप्रतिनिधि, समुदायका सक्रिय सदस्यहरू, युवा, महिलाहरु तथा अभिभावकको उल्लेख्य सहभागिता थियो। सहभागीहरुले आप्रवासनसँग सम्बन्धित चुनौती, अवसर, आर्थिक योजना तथा मानसिक स्वास्थ्यका विषयमा समूहगत छलफल गरेका थिए।

कार्यक्रमको सहजीकरण SaMi परियोजनामा संलग्न प्रशिक्षकहरुले गरेका थिए।

भेलाका सहभागीहरूले कक्षाको निरन्तरताको अपेक्षा गर्दै यसले समुदायमा जागरूकता र दिगो आर्थिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*