बकैया–४ आगलागी पीडितलाई नेपाली काँग्रेसद्वारा राहत वितरण

बकैया दर्पण संवाददाता
१७ मंसिर २०८२, मंगलवार १९:१६

मकवानपुर,बकैया – बकैया गाउँपालिका–४ स्थित रातो थलीमा मिति २०८२/०८/०६ मा आगलागी हुँदा प्रभावित परिवारलाई नेपाली काँग्रेस बकैया–४ ले राहत वितरण गरेको छ।

कार्यक्रम नेपाली काँग्रेस बकैया–४ को आयोजनामा सम्पन्न भएको थियो। वडा सभापति सुनिल भोम्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस बकैयाका सभापति दिल ब भोम्जन सहित अन्य स्थानीय पार्टी सदस्य र बुद्धिजीवीहरूले सहभागिता जनाएका थिए।

राहत वितरण कार्यक्रमअन्तर्गत प्रभावित परिवारलाई खाद्य सामग्री, दैनिक आवश्यक वस्तु तथा अन्य सहयोग प्रदान गरिएको थियो। कार्यक्रममा सहभागीहरूले आगलागीबाट प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै तत्काल राहतसँगै श्रम दान मार्फत अस्थायी बसोबासको व्यवस्था तत्काल गरिने जानकारी दिएका छन्।

साथै, दीर्घकालीन स्थायी बसोबासको लागि सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

प्रभावित परिवारको पुनर्निर्माण र जीवनस्तर सुधारका लागि स्थानीय समुदायसँग मिलेर काम गर्ने योजना बनाइरहेको बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*