नेकपा एमालेले आफ्ना सांसदहरुलाई २ दिने प्रशिक्षण दिँदै

बकैया दर्पण संवाददाता
२० पुष २०७९, बुधबार ०८:४९

मकवानपुर । नेकपा एमालेले प्रतिनिधि सभामा निर्वाचित सांसदहरुलाई संसदीय अभ्यासबारे २ दिने प्रशिक्षण दिने भएको छ । एमालेले पार्टी संसदीय विभागको आयोजनामा पुस २३ र २४ गते सांसदहरुलाई प्रशिक्षण दिने भएको हो ।

प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष समेत रहेका नेता सुवास नेम्वाङसहित संसदीय राजनीतिका जानकारहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

सचिवालय र संसदीय दलबीचको सम्बन्धका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संविधान सभा अध्यक्ष समेत रहेका नेता नेम्वाङले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*