सेवाग्राहीलाई सास्ती दिने पदाधिकारीलाई कारबाही गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको चेतावनी

बकैया दर्पण संवाददाता
१९ पुष २०७९, मंगलवार १६:३४

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारी सेवा लिँदा अबको एक महिनामा पनि नागरिकले अहिलेजस्तै लाइनमा राखेर सास्ती दिने पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिएका छ ।

सिंहदरबारमा नेपाल सरकारका मुख्यसचिव र सचिवलाई निर्देशन दिँदै उनले एक महिनाभित्र सेवा सुधार्न निर्देशन दिँदै यदी निर्देशन नमानी सेवाग्राहीलाई लाइनमा राखेर सास्ती दिएमा जिम्मेवारी पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले कतिपय दस्तुर बुझाउने लाइन स्थानीय तहमा र सवारी लाइसेन्सको लाइन प्रदेश तहमा भएको भनेर संघीय सरकारका सचिवहरु पन्छिन नपाउने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*