जसपा राजनीतिक समितिको बैठक आज बस्दै

बकैया दर्पण संवाददाता
१८ पुष २०७९, सोमबार ०९:०९

मकवानपुर । जनता समाजवादी पार्टी (जसप) को राजनीतिक समितिको बैठक आजदेखि सुरु हुने भएको छ । सोमबार र मंगलबार दुई दिनसम्म संचालन हुने बैठकले सरकारमा सहभागी हुने कि नहुने भनेर निर्णय गर्ने नेताहरुले बताएका छन् ।

जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादवले आजबाट सुरु हुने राजनीतिक समितिको बैठकले सरकारमा जाने कि नजाने भनेर निर्णय गर्ने बताए । बैठकमा चुनावको समीक्षा गर्दै राजनीतिक परिस्थितिको विश्लेषण गर्ने र आवश्यक निर्णय लिने उनको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई विश्वासको मत दिन सहमत भए पनि सरकारमा जाने कि नजाने भन्ने विषयमा भने जसपाका नेताहरुको एकमत छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*