ज्येष्ठ सदस्य पशुपतिशमशेरद्वारा पुस २२ गतेका लागि सर्वदलीय बैठक आह्वान

बकैया दर्पण संवाददाता
१७ पुष २०७९, आईतवार १८:२४

मकवानपुर । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले यही पुस १२ गतेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । सोही कारण बैठक संचालन, प्रतिनिधिसभा बैठकमा दलहरूले बोल्न पाउने समय बाँडफाँडका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो ।

गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा १२ वटा दलको प्रतिनिधित्व भएको छ । यस्तै, पाँच जना स्वतन्त्र सांसद विजयी भएका छन् । सात वटा दल मात्र राष्ट्रिय पार्टी बनेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*