आज प्रदेश १ को प्रदेश सभा बैठक

बकैया दर्पण संवाददाता
१७ पुष २०७९, आईतवार ०९:४१

मकवानपुर । प्रदेश १ को प्रदेश सभाको पहिलो बैठक आज बस्ने भएको छ । पहिलो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईले गर्नेछन् । बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ ।

त्यस्तै प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अङ्गीकार गरी बैठक सञ्चालन गर्न प्रस्ताव प्रस्तुत हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*