बागमतीः पुस १८ गते प्रदेश सभा बैठक आह्वान गर्न सिफारिस

बकैया दर्पण संवाददाता
१४ पुष २०७९, बिहीबार ०६:०५

मकवानपुर । हेटौँडा – बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले पुस १८ गतेका लागि प्रदेशसभा आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ। आज बसेको बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस पठाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए। आजको बैठकले एउटामात्र निर्णय गरेको उनले जनाए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*