बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाको शपथ आज

बकैया दर्पण संवाददाता
१३ पुष २०७९, बुधबार ०९:२९

मकवानपुर । बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । ७२ वर्षीय ढुंगानाले बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका हुन् ।

ढुंगानाले आज शपथ ग्रहण गरेपश्चात प्रदेशका अन्य १०९ जना नवनिर्वाचित सदस्यहरुलाई पुस १४ गते अर्थात भोलि बिहीबार शपथ ग्रहण गराउने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

ढुंगाना गत मंसिर ४ मा सम्पन्न प्रत्यक्षतर्फ निर्वाचनमा बागमती प्रदेशसभा सदस्यका लागि नुवाकोट जिल्लाको क्षेत्र नं. २ (१) बाट निर्वाचित भएका हुन् । उनी नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेशसभाको प्रत्यक्षतर्फबाट निर्वाचन भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*