कांग्रेसबाट निर्वाचित सांसदहरुलाई हेटौंडामा स्वागत

बकैया दर्पण संवाददाता
१३ पुष २०७९, बुधबार ०९:०४

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले कांग्रेसका तर्फबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित नवनिर्वाचित प्रदेश सभा सदस्यहरुलाई स्वागत गरेको छ ।

कांग्रेस मकवानपुरले गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा बागमती प्रदेशसभाका लागि कांग्रेसबाट निर्वाचित ३७ जना सदस्यहरुलाई मंगलबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको हो ।

कार्यक्रममा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले उपस्थित प्रदेश सभा सदस्यहरुलाई माला र अविर लगाईदिएर स्वागत गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसबाट बागमती प्रदेशमा निर्वाचित प्रदेश सभा सदस्य लगाएत जिल्लाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*