प्रचण्डलाई प्रधानमन्त्री बनाउन ७ दलको समर्थन रहने

बकैया दर्पण संवाददाता
१० पुष २०७९, आईतवार १७:५०

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन ७ दलको समर्थन गर्ने भएको छ । नेकपा एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकमा प्रचण्डकोप्रचण्डलाई प्रधानमन्त्री बनाउन ७ दलको समर्थन गर्ने सहमति जुटेको हो ।

माओवादी केन्द्रका प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहनेछ ।

प्रतिनिधिसभामा ती सबै पार्टीबाट सांसदको संख्या १६६ हुन आउँछ । जसमा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६ र नागरिक उन्मुक्तिका ४ सांसद रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*