आज कांग्रेस संसदीय दलको निर्वाचन, देउवा र थापाबीच प्रतिस्पर्धा

बकैया दर्पण संवाददाता
६ पुष २०७९, बुधबार ०९:२२

मकवानपुर । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन आज हुँदैछ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार परिसरमा बिहान ८ देखि १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन प्रकृयामा कांग्रेस संसदीय दलमा ८९ सांसदले भाग लिनेछन् । कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ ।

सभापति देउवा र महामन्त्री थापाले मंगलबार संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गरेका हुन् । थापाको प्रस्तावकमा डा. शेखर कोइराला रहेका छन् भने समर्थनमा युवा नेता एवम् काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद प्रदीप पौडेल रहेका छन् ।

संसदीय दलको निर्वाचनमा पौडेलसँगै उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्माले पनि थापालाई नै समर्थक गरेका छन् ।

यसैगरी, सभापति देउवाको प्रस्तावकमा भने नेता रामचन्द्र पौडेल रहेका छन् भने समर्थकमा पूर्णबहादुर खड्का रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*