बागमती प्रदेश : सर्वदलीय बैठकको आह्वान

बकैया दर्पण संवाददाता
५ पुष २०७९, मंगलवार १६:१६

मकवानपुर । बागमती प्रदेशसभामा नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणको मिति र समय निर्धारण गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरिएको छ ।

प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार, शपथ थ्रहण मिति र समय निर्धारण गर्न यही पुष ८ गते बिहान ११ बजे बस्ने गरी सर्वसदीय बैठक आह्वान गरिएको हो ।

निर्वाचन आयोगको प्रतिवेदन प्राप्त भएको ३५ दिन भित्र सरकार गठन भइसक्नु पर्ने संवैधानिक व्यवस्था अनुसार सर्वदलीय बैठक आह्वान गरेको उनले बताए । त्यसको लाष् िसबै प्रदेशसभाका सदस्यहरुलाई सूचनाको सम्प्रेशण गरिने छ ।

उक्त बैठक वर्तमान प्रदेशसभामा जेष्ठ सदस्य रामप्रसाद ढुंगानाको अध्यक्षता बस्ने भएको छ । ७२ वर्षीय ढुंगाना गत मंसिर ४ मा सम्पन्न प्रत्यक्षतर्फ निर्वाचनमा बागमती प्रदेशसभा सदस्यका लागि नुवाकोट जिल्लाको क्षेत्र नं. २ (१) बाट निर्वाचित भएका हुन् । उनी नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेशसभाको प्रत्यक्षतर्फबाट निर्वाचन भएका हुन् ।

बागमती प्रदेशसभाको हाल सभामुख र उपसभामुखको निर्वाचन नभइसकेको अवस्थामा प्रदेशसभाको जेष्ठ सदस्य ढुंगानाले केही दिनभित्रै प्रदेश प्रमुख यादव चन्द्र शर्माबाट शपथ ग्रहण गर्ने र प्रदेशसभाका बाँकी १०९ जना सदस्यहरुलाई उनले नै शपथ ग्रहण गराउने कार्यसूची रहेको प्रमुख सचिव खड्काले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*