राप्रपा नेपालद्वारा सरकारले ल्याएको अध्यादेशको विरोध

बकैया दर्पण संवाददाता
२६ मंसिर २०७९, सोमबार १७:१२

मकवानपुर । राप्रपा नेपालले सरकारले ल्याएको अध्यादेशको विरोध गरेको छ । राप्रपाले सोमबार एक विज्ञप्तिमार्फत सत्ता स्वार्थका निम्ति नयाँ संसदको बैठक बस्ने पूर्वसन्ध्यामा सरकारले फौजदारी संहितामा नयाँ व्यवस्था गर्न अध्यादेश ल्याइएको भन्दै विरोध जनाएको हो ।

पार्टीका प्रवक्ता वसन्तमान सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गम्भीर आपराधिक घटनाका अभियुक्तहरूलाई उन्मुक्ति दिनेगरी सरकारले ल्याउन खोजेको अध्यादेश घोर आपत्तिजनक रहेको छ । साथै राप्रपा नेपालले लोकतन्त्रको खिल्ली उडाउने यस्ता कार्य तत्काल रोक्न पनि माग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*