एमालेले छान्यो ३४ समानुपातिक सांसद [सूचीसहित]

बकैया दर्पण संवाददाता
२४ मंसिर २०७९, शनिबार १८:२९

मकवानपुर । नेकपा एमालेले ३४ जना समानुपातिक सांसद टुंगो लगाएको छ । शनिवार एमालेको पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले समानुपातिक सांसदको अन्तिम टुंगो लगाएको प्रचार विभाग प्रमुख एवं पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।

समानुपातिकतर्फ सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले ३४ जना समानुपातिक सांसदको अन्तिम सूची टुंगो लगाएको हो । निर्वाचन आयोगले शनिवार दिउँसो ४ बजेसम्म समानुपातिक सांसदको नाम टुंगो लगाएर क्लस्टर अनुसारको नाम आयोगमा बुझाउन भनेको थियो ।

यी हुन् एमालेकोतर्फबाट टुंगो लागेका समानुपातिक सांसद

आदिवासी जनजातितर्फ
देवीप्रकाश भट्टचन
हेमराज राई
कालुराम राई
नैनकला थापा
सुर्य कुमारी श्रेष्ठ
उर्मिला थेवे
ईश्वरी घर्ति
रणकुमारी बलम्पाकी मगर
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा

खस आर्यतर्फ
रघुजी पन्त
एकनाथ ढकाल
दयालबहदुर शाही

महिलातर्फ
मेनका कुमारी पोख्रेल
सरिता भुसाल
शोभा ज्ञवाली
विजुला रायमाझी
निर्मला कोइराला
शान्ति चौधरी
दीपा शर्मा
सुनिता बराल

थारुतर्फ
आश्माकुमारी चौधरी
शान्ति चौधरी

दलित तर्फ
ईश्वरबहादुर रिजाल
प्रभु हजरा पासवान
चन्द्रबहादुर विश्वकर्मा
रुक्मणी राणा बराइली
हर्क माया विश्वकर्मा

मधेशीतर्फ
गंगाप्रसाद यादव
अमृतलाल राजवंशी
विना देवी
अमृतादेवी अग्रहरी
प्रतिक्षा तिवारी मुखिया

मुस्लिमतर्फ
सराज अहमद फारुकी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*