देउवाले दिए मतदातालाई धन्यवाद

बकैया दर्पण संवाददाता
२३ मंसिर २०७९, शुक्रबार ०८:४७

मकवानपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई ठूलो पार्टी बनाएकोमा मतदातालाई धन्यवाद दिएका छन् ।

शुक्रबार बिहानै ट्वीट गर्दै प्रधानमन्त्री समेत रहेका देउवाले कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाएको भन्दै मतदाताहरुलाई धन्यवाद दिएका हुन् ।

‘प्रिय मतदाता, नेपाली कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाउनु भएकोमा धेरै धेरै धन्यवाद,’ ट्वीटरमा लेखेका छन् ।

कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५७ सिट र समानुपातिकतर्फ ३२ सिट जितेको छ । ८९ जना सांसदसहित संघीय संसदमा कांग्रेस सबैभन्दा ठूलो दल भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*