समानुपातिकतर्फको सिट बाँडफाँटसहित दलहरूलाई पत्र पठाइयो

बकैया दर्पण संवाददाता
२२ मंसिर २०७९, बिहीबार ०७:५७

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) संख्या निर्धारण गरी सम्बन्धित राजनीतिक दललाई पत्र पठाएइको छ ।

दलहरूलाई जवाफ पठाउन तीन दिनको समय दिइएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

उनका अनुसार आयोगमा रहेको समानुपातिक निर्वाचन प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधि सभा र सातै वटा प्रदेश सभाका लागि उक्त प्रणालीअन्तर्गत राजनीतिक दलहरूले प्राप्त गरेको मतसंख्या, प्रतिशत र सिट सङ्ख्या निर्धारण गरी कम्तीमा एक तिहाइ महिला प्रतिनिधित्व हुने गरी सिफारिश गर्न पत्र पठाइएको हो ।

थ्रेस होल्ट कटाउने दलले समावेशी समूह मिलाएर बन्दसूचीमा रहेकामध्येबाट नाम सिफारिस गर्नुपर्नेछ ।

आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट सङ्ख्यासहित नाम समावेशी समूह मिलाएर सिफारिसका लागि दलहरूलाई पत्राचार गर्नेछ ।

सोका लागि दलहरूले प्रतिनिधिसभातर्फ सात दिन र प्रदेशसभातर्फ तीन दिन समय पाउनेछन् । दलहरूबाट नामावली सिफारिस भइसकेपछि आयोगले यही मंसिर २६ गतेभित्रमा निर्वाचन परिणामको प्रतिवेदनसहित राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*