एकीकृत समाजवादीको निर्णय : गठबन्धनलाई निरन्तरता दिने

बकैया दर्पण संवाददाता
१३ मंसिर २०७९, मंगलवार १५:५८

मकवानपुर । नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । चुनावी परिणामबारे छलफल गर्न मंगलबार बसेको सचिवालयको बैठकले सो निर्णय गरेको हो ।

एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले गठबन्धनको भावनाबाट अगाडि बढ्ने निष्कर्ष निकालिएको बताए । यही मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई चित्त बुझाउनको विकल्प नभएको बताउँदै उनले अरु कुरामा समीक्षा गरेर अगाडि बढ्ने निर्णय भएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*